सुनाखरी न्युज/ जुम्ला –
आठ स्थानीय तहमध्ये काँग्रेस ५ पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ ।
नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार पालिकामा उपाध्यक्षसहित १९ वडामा विजयी बनेर दोस्रो पार्टी बन्न सफल भएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले गुठीचौर गाउँपालिकाको उपाध्यक्षसहित छ वडामा निर्वाचित भएर तेस्रो पार्टी बन्न पुगेको छ ।
भने एमालेले जिल्लाका छ वडामा मात्र आफ्नो जित हासिल गर्न सफल भएको छ ।