२०८१ आश्विन १४ , सोमवार

रौतहटमा मतपेटिका लुटेर फरार ब्यक्ती पक्राउ

सुनाखरी न्युज/ रौतहट –

रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । मतदान स्थगित भएको अवस्थामा एक समूहले एक्कासी मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर भागेका भएको थियो ।

 

 

अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरी जनाएको छ । उक्त लुटेरा प्रहरीले सो घटनाका मुख्य ब्यक्ती चन्देश्वर बैठा भएको दाबी गरेको छ । उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।