२०८१ आश्विन १३ , आइतवार

धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

सुनाखरी न्युज/ काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित हुनुभएको छ ।

 

राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गर्नुभयो । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाउनुभयो । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत पाउनुभयो ।

 

धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघा निर्वाचित हुनुभएको छ । उहाँले २० हजार ५ सय १० मत प्राप्त गर्दा नेकपा एमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६ सय ६ मत पाउनुभयो ।