२०८१ आश्विन १३ , आइतवार

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन नसकिदै सरकारले दुई पटक इन्धनको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको छ ।

 

निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १८०० रुपैयाँ पर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै कच्चा तेलको मूल्य बढेपछि आयल निगमले पेट्रोल, डिजल र मट्टितेल लिटरमै १० रुपैयाँ बढाएको बताएको छ।

 

निगम अझै पनि मूल्य समायोजनपछि पनि मासिकरुपमा एलपी ग्याँसमा ३ अर्ब रुपैयाँ, डिजेलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा छ ।