२०८१ आश्विन १३ , आइतवार

पशु कल्याण ऐन तुरुन्त बन्दै

सुनाखरी न्युज/ काठमाडौं –

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री महिन्द्रा राय यादवले बर्तमान सम्सद बाट नै पारित हुने गरी पशु कल्याण ऐन को मस्यौदा बन्न्ने बताएका छन ।

 

राजधानी काठमाडौंमा जेष्ठ १० गते आयोजित “नेपालमा पशु कल्याणको बर्तमान अवस्था र आगामी कार्यदिशा” नामक राष्ट्रिय गोष्टीमा उनले उक्त कुरा बताएका हुन । पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश र स्नेहाज् केयरको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमले नेपालमा पशु कल्याण ऐन तुरुन्त बन्नुपर्ने सहितको घोषणा पत्र पनि पारित गरेको छ ।

 

सघिय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सात वटै प्रदेश मन्त्रालय, नेपालमा कृयाशिल बिभिन्न पशु कल्याण सघहरु र अन्य सरोकारवालाहरुको सहभागिता भएको उक्त कार्यक्रममा नेपालको शिक्षा प्रणाली, चिडियाखाना र समर्ग देशमा पशु कल्याणको अवस्था, बिस्व पशु स्वास्थ्य सङ्गठन अनुरुप पशु कल्याणको ब्यबस्ठा र पशु कल्याण सम्मबन्धी बिधमान कानुनी अवस्थाको बारेमा ७ वटा कार्यपत्र प्रस्तुत भएको थियो । उक्त कार्यक्रममा ७ वटै प्रदेश मन्त्रालयका प्रतिनिधी तथा पशु सेवा बिभाग सहितको एउटा र नेपालमा कृयाशिल बिभिन्न पशु कल्याण सघहरु सहित २ वटा प्यानल छलफल पनि भएको थियो ।

 

पशुपंछी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशका निर्देशक डा मोगल प्रसाद शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पशु चिकित्शा परिषदका अध्यक्ष डा ब्रज किशोर प्रसाद शाह तथा स्नेहाज् केयरकी संस्थापक स्नेहा श्रेष्ठ बाट नेपालमा पशु कल्याणको अबस्ठा सुधारका निम्ती सबै उत्तिकै जिम्मेवार ढङले लाग्नुपर्ने बताउदै पशु कल्याण ऐनको आवस्यकतामा बिशेष जोड दिएका थिए ।