२०८१ आश्विन १३ , आइतवार

दैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुनाखरी न्युज/ दैलेख । मुगुदेखि नेपालगञ्जका लागि छुटेको यात्रुबाहक बस दैलेखको आठवीसकोटमा दुर्घटनामा परेको छ ।

 

म १ ख ६६० नम्बरको बस आठबीस नगरपालिका-२, सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै ३४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वरप्रसाद साहले बस करिब ८ रात्रीमा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको छ । उहाँले बसमा ३५ जना सवार रहेकोमा ३ बालबालिका, ४ महिला र २८ जना पुरुष सवार रहेको जनाउनु भयो ।