२०८१ मंसिर ९ , आइतवार

लागूऔषध सेवन मुद्दामा आर्यन खानलाई ‘क्लिन चिट’ !

सुनाखरी न्युज/ मुम्बई ।
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई  लागू पदार्थ सेवन गरेको आरोप लागेका ‘क्लिन चिट’ मिलेको छ । भारतको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले अन्य १४ आरोपितविरुद्ध अदालतमा रिट दर्ता गर्दा आर्यनलाई भने सफाइ दिएको हो ।

 

गत वर्षको अक्टोबर २ मुम्बईबाट गोवा जाँदै गरेको समुद्री क्रुज सिपमा पार्टीका दौरान लागूऔषध सेवन गरेको आरोपमा आर्यनसहित १७ जनालाई एनसीबीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २३ वर्षीय आर्यनसँगै मुनमुन धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, अरबाज मर्चान्टलगायत थिए । उक्त समूहमा २ जना महिलासमेत थिए । तर, बुधबार ६ हजार पाना लामो मुद्दा दर्ता गर्ने क्रममा एनसीबीले १४ जनालाई मात्रै अभियुक्त दाबी गरेको छ ।

 

क्रुज सीपमा छापा मार्दा प्रहरीले कोकिन, चरेस, मेफेड्रोनजस्ता लागूऔषध बरामद गरेको बताएको थियो । पछि आर्यनको साथमा लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुन सक्ने एनसीबीको आशंका थियो । ७ महिना लामो अनुसन्धानपछि एनसीबीले आर्यनको लागूऔषध सेवन र तस्करी दुवै कार्यमा संलग्न रहेको प्रमाण नभेटेको जनाएको छ ।

एजेन्सी