२०८१ मंसिर १२ , बुधवार

आ. व. २०७९/८० को बजेट आज प्रस्तुत गरिंदै, १७ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी

सुनाखरी न्युज/ काठमाडौं । आगामी आर्थिक बर्ष २०७९/८० का लागि सरकारले आज बजेट प्रस्तुत गर्दैछ । आज बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नुहुनेछ ।

 

सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यसैगरि आयात प्रतिस्थापन, औद्योगिक उत्पादनसंगै कृषिको उत्पादन वृद्धिलाई समेत बजेट मार्फत् सम्बोधन गर्ने तयारी सरकारले गरेको छ । हरेक वर्ष जेठ १५ गते बजेट पेश गर्ने संवैधानिक प्रावधान छ । यसअघि सरकारले हिजो प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेको थियो ।

 

सर्वेक्षणमा चालु आर्थिक बर्षको शुरुको नौ महिनामा मुलुकको विभिन्न क्षेत्रमा भएको काम कारवाही तथा आर्थिक गतिविधिका तथ्याङ्कहरु समेटिएको छ । साथै सर्वेक्षणले चालु आर्थिक बर्षको अन्त्यसम्ममा मुलुकले हासिल गर्ने उपलब्धीको अनुमान समेत प्रस्तुत गर्ने गरिएको छ ।