२०८१ आश्विन १३ , आइतवार

नुवाकोटकै पहिलो सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नुवाकोटमा पहिलो सवारी सुरक्षा सम्बन्धी कार्यक्रम“ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग”नासा नेपालको सहकार्यमा शहिद जगत प्रकाश जंगशाह संस्कृत सेकेन्डेरी स्कुल, देविघाटमा आयोजना भयो ।

 

कार्यक्रममा नासा नेपालका सचिवनिरज खड्का ले सडक दुर्घटना नेपालमा अकाल मृत्युको पहिलो कारण भएको कारणले सवारी चालकले सवारी साधन चलाउदा विषेश ध्यान पु¥याएर चलाउनु पर्ने र सुरक्षित हेल्मेटको प्रयोग गर्नु पर्ने कुरा व्यक्तगर्नु भयो । शहिद जगत प्रकाशजंग शाह संस्कृत सेकेन्डेरी स्कुलका प्रिन्सिपल मन्जु चित्रकारले सवारी सुरक्षा सम्बन्धी जानकारी ससानाबालाबलिका देखि वृद्दवृद्दा सम्मआवश्यक रहेको उल्लेख गर्दै जनचेतनात्मक कार्यक्रमले ठुलो महत्व राख्ने बताउनुभयो ।

 

करिब ४० जनामहिलादुई पाङगे्र सवारी साधनप्रयोगकर्ता सहभागीभएका सो कार्यक्रममानासा नेपालको तर्फका प्रोग्रामअफिसर ई सुयोग खनालले नेपालमादुई पाङगे्र सवारी दुर्घटनाको अवस्था, सेफ्टी राइडिङ्ग टिप्स , गुणस्तरीय हेल्मेटको बनावट र महत्वको बारेमा प्रस्तुतीकरण दिएकाथिए । कार्यक्रममा नासा नेपालद्धारा बनाइएको“सुरक्षितमोटरसाइकल र स्कुटर यात्राकालागीजानकारी”पर्चाको वितरण गर्नुका साथै सांकेतिक रुपमा सुरक्षित हेल्मेटको वारेमा ज्ञान दिलाउनकालागिएफआईए हेल्मेट वितरण गरिएको थियो।

 

नासा नेपालका केन्दिय सदस्यदिपेस श्रेष्ट, ब्रान्डीङ्ग अफिसर सौगात राजभण्डारी, अधिवक्ता ,पत्रकार, ईन्जिनियरल गाएतका उपस्थिती रहेको सो कार्यक्रममा सडक सुरक्षा सम्बन्धीविश्वव्यापी प्रतिवद्धता पत्रमा सम्पूर्ण सहभागीहरुले हस्ताक्षर गर्नुभएको थियो ।