२०८१ आश्विन १३ , आइतवार

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं ।

आर्थिक वर्ष २०७९-८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको हो ।

अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ । सरकारले विभिन्न चार प्रकारका अनुदान तल्लो सरकारमा हस्तान्तरण गर्दै आएको छ ।

 

वित्तीय समानीकरण अनुदान

प्रदेश: ६१ अर्ब ४३

स्थानीय तह: १ खर्ब २३ करोड

ससर्त अनुदान

प्रदेश: ५७ अर्ब १ ७ करोड

स्थानीय तह: १ खर्ब ८३ करोड

समपुरक अनुदान

प्रदेश: ६ अर्ब ३० करोड

स्थानीय तह: ७ अर्ब २७ करोड

विशेष अनुदान

प्रदेश: ४ अर्ब ५६ करोड

स्थानीय तह: ९ अर्ब १४

राजस्व बाँडफाँट

१६३ अर्ब ३ करोड