२०८१ मंसिर ९ , आइतवार

एमालेले भन्यो, ‘बजेटले आर्थिक संकटलाई सम्बोधन गरेन’

सुनाखरी न्युज/ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटले आर्थिक संकटलाई सम्बोधन नगरेको टिप्पणी गरेको छ ।

 

संसदमा बजेट प्रस्तुतपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले नेता खगराज अधिकारीले बजेटले आर्थिक उत्पादन र वित्तीय क्षेत्रमा योगदान दिन नसक्ने बताउनुभयो । रोजगारी, आर्थिक विकास र रणनीतिक महत्वका योजनाको बारेमा पनि बजेट मौन रहेको उहाँको आरोप छ ।

 

अधिकारीले आफू स्वास्थ्य मन्त्री हुँदा १ सय भन्दा धेरै औषधिहरु निःशुल्क उपलब्ध गराएको स्मरण गर्दै अहिलेको सरकारले त्यसलाई घटाएर ९८ मा कायम गरेको बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमलाइ निजी क्षेत्रको जिम्मा लगाउने विषयले पनि सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने उहाँको भनाइ छ ।