२०८१ मंसिर १२ , बुधवार

पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने

सुनाखरी न्युज/ काठमाडौं । पूँजी बजारमा गैरआवासीय नेपालीलाई प्रवेश खुला गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न आवश्यक कानुनी व्यवस्था गर्ने घोषणा गरेको हो ।

साथै, वैदेशिक रोजगारमा गएकाहरुले पूँजी बजार प्रति आकर्षित गर्नका लागि प्राथमिक शेयरमा १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । अब विदेशमा बस्ने नेपालीका लागि प्राथमिक शेयर जारी गर्दा १० प्रतिशत छुट्याउनुपर्ने भएको छ । यस्तै विद्युत प्राकिरणले पनि आइपी जारी गर्ने भएको छ । प्राधिकरणको क्रेडिट रेटिंग भईसकेकोले अब प्रिमियममा आईपिओ निष्काशन गर्ने प्रक्रिया बढाईने बजेटमा घोषणा गरिएको हो ।

 

एक अर्बभन्दा बढी पुँजी वा ५ अर्बभन्दा बढि कारोबार गर्ने वा प्राकृतिक सम्पति प्रयोग गर्ने कम्पनीलाई सेयर जारी गर्न लगाइने पनि बजेटमा उल्लेख गरिएको छ । यस्तै, सरकारले शेयर लगानीकर्ताहरुले माग गर्दै आएको पूँजीगत लाभकरको दर भने घटाएको छैन । बजेटमा पूँजीगत लाभकर दर यथावत नै गरिएको छ ।