२०८१ मंसिर ८ , शनिवार

व्यक्तिगत कर छुटको सीमा बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । राजस्वको दायरा बढाउने लक्ष्य राखेको सरकारले बजेटमा व्यक्तिगत आयकरको सीमा बढाएको छ । कर छुटको सीमा अविवाहितका लागि ५ लाख र दम्पत्तीका हकमा ६ लाख पुर्याइएको छ । यसबाट मध्यमवर्गीय परिवारलाई राहत पुग्ने छ ।

अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाखसम्म आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरे पुग्ने छ । यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ । यस अघि यस्तो कर छुटको समिा अविवाहित व्यक्तिको हकमा ४ लाख । दम्पत्तिको हकमा साढें ४ लाख रुपैयाँ रहेको थियो । विगत ३ बर्षदेखि सीमा पुनरावलोकन नभएको र मूल्य वृद्धि उच्च हुँदै गएका कारण कर छुटको सीमा बढाउन माग हुँदै आएको थियो ।

यसैगरी, सरकारले निजामति कर्मचारीको तलब पनि १५ प्रतिशलते बढाउने घोषणा गरेको छ । कर्मचारीको भत्ता यथावत् राखी तलब स्केलमै १५ प्रतिशत बढाउने सरकारले घोषणा गरेको हो ।