सुनाखरी न्युज/ काठमाडौं । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा ९ सिरिजअन्तर्गत आफ्नो थप नयाँ फोन रियलमी ९ उपलब्धताको घोषणा गरेको छ। यो स्मार्टफोन अर्को सातादेखि दराज र सबै मेनलाइन च्यानलहरुमा उपलब्ध हुनेछ।
उत्कृष्ट प्रोलाइट क्यामेरा र सामसँग ISOCELL HM6 इमेज सेन्सर साथ आएकोे रियलमी ९ विश्वको पहिलो स्मार्टफोनमध्ये एक हो। जसले कम प्रकाशमा पनि फोटाहरुमा उल्लेखनीय रूपमा उज्यालो र राम्रो रङ संयोजन प्रदान गर्दछ। १०८ एमपी प्रोलाइट क्यामेरामा ८ एमपी रिजोल्युसनका साथ १२० डिग्री सुपर वाइड क्यामेरा र २ एमपी रिजोल्युसनको साथ ४ सेमी म्याक्रो क्यामेरा छन्।
रियलमी ९ स्न्यापड्रागन ६८० प्रोसेसर सहित ६ एनएम प्रक्रियामा आधारित छ। यो स्मार्टफोनमा १०२४० स्तरको ब्राइटनेस समायोजनका साथ ९० हर्जको सुपर एमोलेड डिस्प्ले रहेको छ। यसका साथै यसमा भएको १६ एमपी सेल्फी क्यामेराले अँध्यारोमा पनि प्राकृतिक र उत्कृष्ट सेल्फी लिन सकिन्छ। यो फोन ३३ वाट डार्ट टेक्नोलोजी द्वारा समर्थित ५००० एमएएच् मेगा ब्याट्री सँग सुसज्जित छ।
रियलमी ९ मा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन रहेको छ जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ। यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर, र डायनामिक ¥याम विस्तार प्रविधि–डीआरई पनि समावेश गरेको छ। जसले पहिले अवस्थित ¥याममा ५ जीबीसम्म थप्न सक्छ। यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राममात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्वइन्सटल्ड रियलमी यूआई ३.०सहित उपलब्ध छ।
यो फोन दुई भिन्न भेरियन्ट र तीन भिन्न रङहरु टारगेज ह्वाइट, सनबस्र्ट गोल्ड र मिटियर ब्ल्याकमा उपलब्ध छ। यसको मूल्य ८÷१२८ जिबी भेरियन्टका लागि मूल्य रु. ३३ हजार ४९९ र ६÷१२८ जीबी भेरियन्टका लागि मूल्य रु. ३१ हजार ४९९ तोकिएको छ । ८÷१२८ जिबी भेरियन्ट अर्को सातादेखि खरिदका लागि उपलब्ध हुनेछ।