२०८१ आश्विन ६ , आइतवार

दियो बालि मैले तिम्रो

गोबिन्द राज ओझा ।
दियो बालि मैले तिम्रो प्रतिक्षामा बसेको छु ।
यो फुलको बगैचा तिम्रो लागि सजाएको छु ।

 

आउ प्रिय मलाई भेटन मेरो घरमा आउ ।
तिमि सँग धेरै कुरा गर्नु छ मलाई समय देउ ।

 

हामिले हाम्रो माया जोगाउनु छ यो दुनियामा ।
यो मनलाई शान्त राखि मायाले भरिदेउ मेरो दिलमा ।

 

तिमिलाई नभेटि जान मान्दैन यो मेरो मनले ।
हेर्नुपरे मायालु एकै नजरले हेरिदेउ तिमिले ।

 

नाम :- गोबिन्द राज ओझा (साजन)
ठेगाना :- दिपायल सिलगढि न.पा. २ दिपायल डोटी