२०८१ आश्विन १३ , आइतवार

काठमाडौंका मेयर र उपमेयरले आज पदभार ग्रहण गर्दै

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरुले आज पदभार ग्रहण गर्दैछन् ।

 

आज बिहान ११ बजे राष्ट्रिय सभागृहमा शपथ ग्रहणको कार्यक्रम राखिएको छ । काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई आज शपथ ग्रहण गराउने छन् । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

 

सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।