२०८१ कार्तिक २२ , बिहिवार

बजेटपछि पनि देखिएन शेयर बजारमा उत्साह, एकैदिन ५० अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । सरकारले आइतबार आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेका उक्त बजेटमा एनआरएनको लगानी भित्र्याउने देखि विदेशमा रहेका नेपालीलाई १० प्रतिशत आईपीओका आरक्षण दिने सम्मको व्यवस्था गरिएको छ ।

 

तर, शेयर लगानीहरुमा भने यी व्यवस्थाले खासै उत्साह नदेखिएको देखिन्छ । यस साताको पहिलो कारोबार अर्थात सरकारले प्रस्तुत गरेको बजेटको भोलीपल्ट समेत शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकैदिन ५० दशमलव ३३ अंकले घटेर २ हजार १ सय ७३ दशमलव ४४ अंकमा झरेको छ ।   त्यस्तै, आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज कारोबार भएका ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बलेफी हाइड्रोको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १२४.४० रुपैयाँ पुगेको छ ।