२०८१ आश्विन १३ , आइतवार

तारा एयरको जहाज थासाङको सानुसरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला,उद्वार कार्य जारी

सुनाखरी न्युज/  मुस्ताङ । कास्कीको पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे डाँडामा दुर्घटनाग्रस्त्र अवस्थामा फेला पारिएको छ ।

 

सम्पर्क विहिन भएको उक्त जहाज खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर के.सी.को कमाण्डमा २५ जना टोली सोमबार बिहान १०:५५ बजे दुर्घटनास्थलमा पुगि उद्वार कार्यमा सकृयताका साथ जुटिरहेको छ ।

 

अपरान्ह ४ बजेसम्मको प्राप्त विवरण अनुसार उक्त जहाजमा चढेका यात्रुहरुमध्ये १८ जनाको शव फेला पारिएको छ भने अन्यको खोजीकार्य भईरहेको छ । फेला पारिएको १० जनाको शव सोही जिल्लाको कोवाङ्गबाट नेपाली सेनाको हेलीद्वारा काठमाडौंतर्फ पठाईएको बताईएको छ ।