सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा जेठ १६ गते सोमबार चितवन मिडटाउन रिसोर्ट ९सीएमटी० मा आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको हो ।
दिउँसो १२ बजेदेखि सुरू भएको फेस्टमा बागमती प्रदेशका प्रविधि तथा नवप्रवर्तनको सोच लिएर काम गरिरहेका विभिन्न ३५ स्टार्टअप तथा विद्यार्थीका आईडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपेरियन्स शेयरिङ तथा मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम ५ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । आईडिया पिचिङ सेसनमा २५ बढी स्टार्टअपहरूले आफ्नो आईडिया प्रस्तुत गरेका छन् ।
प्रस्तुत गरेका आईडियाहरुमध्येबाट उत्कृष्ट ७ स्टार्टअप तथा आईडिया इन्क्युबेसनका लागि छनोट भएका छन् । छनोट हुने ७ स्टार्टअप तथा आईडियामा ई(मेड, कर्मदाता, नो ह्यासल ट्राभलर, नेपाल स्टिम एलायन्स प्रालि, एकेडेमी अफ मेडिकल एण्ड इन्जिनियरिङ साइन्सेस, उबन्टु डीडीई र नलेज एक्सडेन्ज रहेका छन् । त्यस्तै फेस्टबाट उत्कृष्ट स्टार्टअपको रूपमा नलेज एक्सचेन्ज प्रालि छनोट भएको छ । गत चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट सुरू भएको स्टार्टअप एण्ड आईडिया फेस्ट बागमती प्रदेशको चितवनमा आएर उत्साहजनक सहभागीताका साथ समापन भएको छ ।