२०८१ पुष १३ , शनिवार

मंगलम इन्डष्ट्रिजको बिक्रीमा २०६% को वृद्धि

सुनाखरी न्युज/ काठमाडौं । नेपालको अग्रणीपाइप तथा फिटिङ्स उत्पादकमंगलम इन्डष्ट्रिजको बिक्री वर्ष दिनमै २०६% ले बढेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार २०२१ माएक अर्ब ५०लाख रुपियाँको कारोबार गरेको मंगलम इन्डस्ट्रिजले २०२२ को पहिलो ७ महिनामा ५९ करोड १० लाख रुपैयाँसम्मको कारोबार गर्ने उल्लेख गरेको छ ।

 

कम्पनीले २०१८मा३७ करोड रुपियाँ र २०१९ मा ५१ करोड रुपियाँको व्यापार गरेको थियो भने २०१९ को तुलनामा २०२० माकोरोना महामारीका कारण कम्पनीको कारोबार ३६% ले घटेको थियो । कम्पनिको प्रबन्ध निर्देशक अभिनवचुरिवालले भन्नुभयो,“लगातार २ वर्षको कोभिड महामारीले सुस्ताएको व्यापार महामारीको अन्त्यसँगै पुनःगतिलिन थालेको छ । यसै सिलसिलामा हाम्रो बिक्रीपनि २०६ % ले वृद्धि भएको छ। निर्माण व्यवसाय सम्बन्धि गतिविधीहरु पुरानै लयमाफर्किन थालेपछि हाम्रो विक्रीपनि बढेको हो । हाम्रा उत्पादनहरुको गुणस्तरीयता र यिनीहरुप्रति उपभोक्ताको अटुट विश्वास र हाम्रा कर्मचारीहरुको कम्पनी प्रतिको लगाव र परिश्रमले गर्दा यो सब सफलभएको हो ।”मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । मंगलम्को उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् र यसका सबै उत्पादनहरू ISO 9001:2015 प्रमाणित छन्भने मङ्गलमको, CPVC, PVC र HDEP पाइपISO साथ साथै नेपाल गुणस्तर(NS)पनि प्रमाणित छन्।