२०८१ पुष १४ , आइतवार

नक्कली नोट कारोबार गरेको अभियोगमा दुई जना पक्राउ

सुनाखरी न्युज/ पर्सा –
जगरनाथपुर गाउँपालिका-६ स्थितमा लागेको दुर्गा भगवती मेलामा नक्कली नोट कारोबार गरेको अभियोगमा नेपाली एक हजार दरको नक्कली नोट २० थान सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा बहादुरमाई नगरपालिका-८ बस्ने १९ वर्षीय राजाबाबु साह तेली र सोही ठाउँ बस्ने पटेर्वासुगौली गाउँपालिका घर भएका २० वर्षीय अजय सहनी रहेका छन् । मेलामा नक्कली नेपली नोटहरू साट्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

 

उनीहरू विरूद्ध मुद्रा सम्बन्धी कसूरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।