२०८१ आश्विन १३ , आइतवार

जनता काँग्रेसलाई जिताउन आतुर छन् : काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

सुनाखरी न्युज/ काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली काँग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको बताएका छन् ।

 

उनले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा पनि जोड दिए । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

 

‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ। प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’

 

सो क्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रीजाल,बाग्मति प्रदेश सदस्य सबिन तामाङ ,तार्केस्बर नगरपालिका उपमियर शिर्जन बुर्लाकोटी,महाधिवेशन प्रतिनिधि शुशिल भट्ट लगायतका नेताहरूले कार्यक्रममा धारणा राखेको कार्यक्रम का सभापति नबिन फुयालले जानकारी दिए ।