२०८१ मंसिर १२ , बुधवार

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार

सुनाखरी न्युज/ काठमाडौं –

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार आएको छ । जेठ महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ६ अर्ब निक्षेप थपिएको हो ।

 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप जेठ १३ गतेसम्म ६ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

 

एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले चार अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार जेठ ५ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह ४ अर्बले बढेर जेठ १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।