२०८१ आश्विन १३ , आइतवार

मौसम पूर्वानुमान : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

 

आज (बुधबार) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै प्रदेश-१ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बुधबार दिउँसो भने प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

 

बुधबार राती भने प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। साथै प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्ग र हावा हुरीसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएकाे छ।