२०८१ मंसिर ११ , मंगलबार

सेञ्चुरी बैंकको पथरी र इनरुवामा २ नयाँ शाखा

सुनाखरी न्युज/ काठमाडौं –

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मापथरी शाखा र सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१, भगवती रोडमा इनरुवाशाखाबाट सेवा प्रारम्भ गरेको हो ।

 

पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राईज्यू र पथरी शनिश्चरे नगरपालिकाको मेयर श्री मोहनप्रसाद तुम्वापोज्यूले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष मतीआशा राई,पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई ,इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

 

साथै इनरुवाशाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको छ । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर श्रीमती विनिता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोईराला,इनरुवाउद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटलज्य, बैंकका कर्मचारीहरु तथा स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।

 

२०७८ चैत्र मसान्त सम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । देशका सुगमत थादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

 

थप दुई शाखा संचालनमा आएपछि बैंकको कुलशाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखा रहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।