२०८१ आश्विन १३ , आइतवार

पहिरो खस्दा दुई मजदुरको मृत्यु

सुनाखरी न्युज/ सङ्खुवासभा –

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

 

उक्त घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।