२०८१ मंसिर ८ , शनिवार

नेप्सेको ओरालो यात्रा कायमै, बुधबार पनि ७.२१ अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा पुगेको हो ।

मंगलबार नेप्से ३५.५३ अंकले घटेर दुई हजार एक सय ३७ दशमलब ९२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका १०१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मैलुङखाला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५२८ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशतले बढेर प्रतिकित्ता १३९.४० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज शिखर इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको आज १२ करोड १३ लाख भन्दा बढीको कारोबार भएको छ ।