२०८१ आश्विन १३ , आइतवार

यार्सा संकलन सुरक्षामा खटिएका प्रहरी हवल्दारको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए । उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको थियो ।

 

उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा बुधबार दिउँसो दुई बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।