२०८१ कार्तिक ३० , शुक्रवार

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

सुनाखरी न्युज/ काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज (बिहिबार) पनि बस्ने भएकाे छ । प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजे बस्ने भएकाे छ । दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि बिहबिार पनि सैद्धान्तिक छलफल हुनेभएको छ । बजेटमाथि मंगलबार र बुधबार पनि सांसदहरुले आफ्नो धारणा राखिसकेका छन्।

बुधबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले त्यसलाई बिहिबार पनि निरन्तरता दिइन लागेको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।