सुनाखरी न्युज/ काठमाडौं । ग्राहक महानुभावहरुलाई उच्चतम् ब्याजदरबाट लाभाम्वित बनाउने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले BOK प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।
हाल बैंकिङ्ग क्षेत्रहरुमा साधारणतया बैंकहरुले बचत खातामा ग्राहक महानुभावहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको यस बचत खाता खोली ग्राहक महानुभावहरुले उच्चतम् लाभ लिन सक्नुहुनेछ । “अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहक महानुभावहरुले ८.०३%को उच्चतम ब्याजदर पाउनुहुनेछ ।
साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहक महानुभावहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । ग्राहक महानुभावहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक,Balance Certificate, Demat Account, E-commerce Activation, ABBS, खाताको विवरण, मेरो सेयर Connect IPS डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।
यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
– वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
– न्यूनतम् मौज्दात रु १०,०००।
– त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
– निशुल्क चेक बुकको ब्यवस्था ।
– • Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
– सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
– विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा निशुल्क प्रदान गरिने ।
– ग्राहक महानुभावहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
– पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
– निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
– पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
– पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा ।
साथै, बैंकको ग्राहक महानुभावहरुको आवश्यकता लाई मध्यनजर गरि संचालनमा ल्याइएको यस बचत खातामा महानुभावहरुले आफ्नो बचत रकममा उच्चतम् प्रतिफलको लाभ पाउनुहुने विश्वाश बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरु लाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।