सुनाखरी न्युज/ काठमाडौं । एसियन पेन्ट्स नेपालले फेरि ल्याएको छ– ‘कलर नेक्स्ट २०२२’, जुन जीवनमा खुशियाली ल्याउने डिजाइन र सजावटसम्बन्धी एक उत्सव हो ।
कलर नेक्स्ट एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसर हो, जसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गर्दछ । डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरू पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत छ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।
अनुसन्धानको परिणाम– वास्तुकला तथा इन्टेरियर डिजाइन समुदायमा प्रस्तुत गरिएको वर्षको चार ट्रेन्ड र एक रङ हो, जुन प्रेरणाको स्रोत रहँदै आएको छ । यसको अर्थ कुन रङ र सामग्री प्रयोग गर्ने मात्र नभइ डिजाइनरहरूलाई हालै प्रचलनमा रहेका रंग प्यालेटहरू र नयाँ सामग्रीहरू वरिपरि खेल्न प्रेरित गर्नु हो ।
रङ भन्दा पनि डिजाइन अनुभवलाई अँगाल्न एसियन पेन्ट्स नेपालले २०७९ जेठ २० गते कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूको उपस्थिति रहने छ भने सोसाइटी अफ नेपालिज् आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल को सहभागिता रहनेछ ।