२०८१ पुष ८ , सोमवार

सुनको मूल्य बढ्यो

सुनाखरी न्युज/ काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बढेको छ । बुधबारको तुलनामा सुन बिहीबार ४०० रुपैयाँले बढेको हो । यसअघि बुधबार सुन तोलामा ८०० रुपैयाँले घटेर कारोबार भएकोमा बिहीबार ४०० रुपैयाँले वृद्धि भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढेर छापावाला सुनको भाउ प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजावी सुनको भाउ ९७ हजार १०० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

 

नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ, तेजावी सुन ९६ हजार ७०० रुपैयाँमा खरीद बिक्री भएको थियो । यस्तै चाँदीको भाउ २० रुपैयाँले घटेर तोलाको १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।