२०८१ पुष ८ , सोमवार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेता आईसीएफसी फाइनान्स

सुनाखरी न्युज/ काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।

जेष्ठमहिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्तक्रिकेट लिगआयोजना गरेको थियो । यहि जेठ १३ देखि १५ गते (तिनदिन) सम्मइमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ ।प्राइम बैंकले द्वितियर कामना सेवा विकास बैंकले तृतिय स्थानहासिलगर्न सफल भएका छन् ।नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रुपमाट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदानगर्नुभएको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए।

 

नेपाल राष्ट्र बैंककाडेपुटीगर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितिय प्राइम बैंक, तृतिय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट –किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्तकुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्य लगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशनगर्ने खेलाडीहरुलाई म्यानअफदिम्याचको ट्रफी तथा प्रमाणपत्रप्रदान गरिएको छ ।

 

उक्तकार्यक्रममाबोल्दै नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर  बम बहादुर मिश्रले यस क्रिकेट लिगलगायतअन्य सामुहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बिच भाइचारा, आत्मियता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सिमित नराखि उनिहरु लाई मनोञ्जन प्रदानगर्न र उत्पादनशीलतामा वृद्धिगर्न मद्दतपुग्ने बताउनु भयो ।कार्यक्रममाबोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले खेलमाहार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समुह निर्माण गर्न, समुहमा नेतृत्वदायी भुमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पु¥याउने हुदा समयसमयमा यस्ता गतिविधि सञ्चालनगर्नु जरुरी रहेको बताउनु भयो ।

 

२८ औँ वर्षमाप्रवेश गरेको सुखदअवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञताजाहेर गरेको छ । यस २७वर्षको दरमियानमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । आदरणीयग्राहक वर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि यस बेंकले कृतज्ञताव्यक्तगर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनआत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।