२०८१ पुष १८ , बिहिवार

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली

सुनाखरी न्युज/ काठमाडौं । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ । यस अन्र्तगत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्यविवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ ।

 

यसले विरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहजहुनेछ । उक्त स्वास्थ्य सुचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्यबीमातथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनिकार्यान्वयनगरिएको छ । स्वास्थ्यबीमाबोर्ड प्रवद्र्धित स्वास्थ्यबीमामाआबद्वविरामीहरुको इलिजिविलिटी अर्थात बाँकीबीमा सुविधा रकम हेर्ने सकिने र बीमादावीपनिइएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ । बिरामीको प्रत्येकबिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सुचना प्रणालीबाट सिधै बिरामीको बिलअपलोड गर्न सकिने भएको छ । यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमाभित्रबीमादावी गर्न नसक्दा अस्पतालले नोक्सानव्यहोर्नुपर्ने समस्याको समाधानहुनेछ ।

 

त्यसैगरी, डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सुचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सुचना प्रणाली मार्फत डिएचआइएस–२ प्लेटफर्ममासिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ । यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डिएचआइएस–२ प्लेटफर्ममा म्यानुअल डाटा इन्ट्रि गर्नु पर्ने छैन । अस्पतालले विरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइनअपोइन्टमेन्ट र पोर्टल सेवापनि सुचारु गर्ने तयारी गरेको छ । यस मार्फत विरामीहरुले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइलवालेटमार्फत् घरमै बसि अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्कभूक्तानी गर्न सक्नेछन् र साथसाथै विरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसि अनलाइनमार्फत् हेर्न सक्नेछन् । यी सेवाहरुगुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवा प्रदान गरीरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा संचालन गरेको हो ।

 

कोजेन्ट हेल्थ प्रा.लि स्वास्थ्य सूचनाप्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनीहो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) माआधारित अस्पताल तथा स्वास्थ्य संस्थाकाव्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागिप्रविधिनिर्माणको कामगर्दै आएको छ ।कोजेन्ट हेल्थद्धारानिर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब लगायत ई–अपोइन्टमेन्ट जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमाप्रयोग भइरहेका छन् ।