२०८१ पुष १३ , शनिवार

“रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य”

सुनाखरी न्युज/ काठमाडौं । ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. द्वारारथतान्ने भक्तजनहरुलाई २०० (दुई सय) थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक लि., कुमारीपाटी शाखा मार्फत वितरण गरियो ।

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरिएको व्यहोरा समेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।

 

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।