२०८१ कार्तिक १७ , शनिवार

एनएमबि बैंक र वैकल्पिक ऊर्जा बीच नवीकरणीय उर्जाको प्रवद्र्धन गर्न सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । एनएमबि बैंक लिमिटेड र वैकल्पिकऊर्जा प्रवद्र्धन केन्द्रर केन्द्रीय नवीकरणीय ऊर्जा कोषको बीचमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवद्र्धन गर्न दिगो ऊर्जा चुनौती कोष कार्यक्रम अन्तर्गतकर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापनाभएको हो । यो सम्झौताको मुख्य विशेषता बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जाका परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत सावाँ रकम सम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबि बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमालगानीविस्तार गर्नको लागि सहयोग मिल्ने छ ।

 

एनएमबिले दीगो बैंकिङ्ग मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखिकार्य गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझदीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथदिईरहेको छ । बैंकले अन्तर्राष्ट्रिय मान्यताप्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमाआफ्नो हरित लगानी कार्यविधी र वातावरणीय एवं सामाजिकव्यवस्थापन प्रणाली को विकास अन्तर्राष्ट्रिय वित्त निगमले वातावरणीय एवं सामाजिक जोखिमको क्षेत्रमा निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरु लाई समेत समेटेर तयार पारेको छ ।

 

“एनएमबिनवीकरणीय ऊर्जा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने नेपालको अग्रणी बैंक हो । यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ । यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुलप्रवाहमाल्याई ऊर्जा र वित्तीय सेवामापहूँचनपुगेको जनसंख्यामानवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागिप्रोत्साहित गर्नुको साथै यो सम्झौतापश्चात बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस्त छौं ।” एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताउनु भयो ।

 

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिका मा समेत कार्य गर्दै आईरहेकोे छ । बैंकले देशैभरी रहेका २०१ शाखाहरु, १३८ एटिएमहरु, ११ एक्सटेन्सन काउन्टरहरु मार्फत अत्याधुनिकएवं उच्चस्तरीय बंैकिङ्गसेवाहरु प्रदानगदै आइरहेको छ ।