२०८१ पुष १३ , शनिवार

वाइवाइले फहरायो इजिप्टमा नेपालको राष्ट्रिय झण्डा

सुनाखरी न्युज/ काठमाडौं । सिजीकर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वब्यापी लोकप्रिय ब्राण्ड वाइवाइको इजिप्टमा प्लान्ट स्थापनागर्ने योजना कार्यान्वयन सँगै त्यहाँ नेपाली झण्डा पनि फहराएको हो ।

 

सिजीकर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैर आवासीय नेपाली(एनआरएन) छोराहरुद्वारा प्रवर्धित कम्पनीहो । उक्त कम्पनीले विश्वब्यापी रुपमावाइवाइको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलताहासिलगर्ने कम्पनीका रुपमा स्थापित गरेको छ । विनोद चौधरी अहिले नेपाली कांग्रेसको नेताका रुपमा राजनीतिमा सक्रिय छन् । विहिवार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमका बीच वाइवाइ प्लान्टको शिलन्यास गरिएकोहो । इजिप्टस्थित नेपाली दुतावासका चार्ज डि अफेयर्स दीपक घिमिरे र सीजीकर्प ग्लोबलकावरिष्ठ अधिकारीहरु उक्त कार्यक्रममा सहभागी थिए । वाइवाइको प्लान्ट शिलान्याससंगै उद्योग स्थापनाहुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

 

सिजीकर्प ग्लोबलले विश्वब्यापी आफ्ना आइकनिकप्रोपर्टीहरूमा नेपालको झण्डा फहराईरहेको छ । दुवईस्थित जेएलटी होटल, काजखस्थितस्थित वाइवाइ प्लान्ट लगायतका ठाउँहरुमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ । वाइवाइ अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्राण्ड हो । नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाइवाइउत्पादनहुदै आएको छ । विश्व नूडल्स बजारमा तीन प्रतिशतको हिस्सा ओगट्दैवाइवाइ एक शसक्त ब्राण्ड बनेको छ ।