२०८१ आश्विन १३ , आइतवार

करेन्ट लागेर दुई जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

जुम्ला – पातारासी गाउँपालिका-३ हुरी गाउँ बस्ने १८ वर्षीय सतल बुढाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँ बस्ने डिल बहादुर बुढाको घरमा विद्युतको लाईन मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

 

बारा – कलैया उपमहानगरपालिका-२३ बैराथपुर टोल बस्ने ३५ वर्षीया प्रभा देवीको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ । आफ्नो घरको आगनमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटरमा पानी तान्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।