२०८१ मंसिर १३ , बिहिवार

नेप्सेमा ओरोलो यात्रा कायमै

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ओरोलो यात्रा कायमै रहेको छ । आज साताको अन्तिम दिन शुक्रबार पनि नेप्से दोहोरो अंकले घटेको छ ।

आज नेप्से ३३.७६ अंकले घटेर दुई हजार ७८ दशमलब ७० विन्दुमा पुगेको हो । विहीबार नेप्से १८.२६ अंकले घटेर दुई हजार एक सय १२ दशमलब ४७ विन्दुमा पुगेको हो । बुधबार नेप्से ७.२१ अंकले घटेर दुई हजार एक सय ३० दशमलब ७१ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ३० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । विहीबार एक अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ७ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज उपकार लघुवित्त कम्पनी र बलेफी हाइड्रो पावरको शेयरमूल्यमा क्रमश १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर बन्द भएका छन् । आज किसान लघुवित्त कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८.९५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक भएको छ । यस कम्पनीको आज ६ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।