२०८१ आश्विन ६ , आइतवार

छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई आमा समुहको साथ

गोविन्द तिमिल्सिना/ हेमजा। आगामी असारको ४ देखी ११ गते सम्म हेमजाको गौरीशंकर खेल मैदानमा हुने छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाई हेमजामा रहेका आमा समुहको साथ रहने भएको छ ।

हेमजा युनाइटेडको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय शुभकामना कपलाइ सभ्य र भब्य रुपमा सफल बनाउन हेमजामा रहेका आमा समुहले सहयोग गर्ने भएका हुन्.। शुक्रवार बसेको आमा समुह र हेमजा युनाइटेडको बैठकमा आमा समुहले सहयोग गर्ने बताएका हुन् । बैठकमा बोल्ने वक्ताहरुले पहिला पनि यो संस्थालाई सहयोग गरेको र अहिले पनि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । शुभकामना कप छैटौ संस्करणमा आउदा अन्तर्राष्ट्रिय खेल भएकोमा खुसी ब्यक्त गर्दै वडाले पनि सहयोग गर्नुपर्ने बैठकमा बोल्ने वक्ताको भनाई छ ।

खेलकुदको माध्यमबाट युवा बीच एकता र भाइचारा सम्बन्ध बढाउँदै सृजनात्मक तथा रचनात्मक काममा अघि बढाउन साथै संचालनमा रहेको हेमजा युनाईटेड एकेडेमीलाई निरन्तरता दिई नयाँ खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ए डिभिजनका ६ टीम, १ अन्तराष्ट्रिय टीम र आयोजक सहित आठ टिमको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।