२०८१ आश्विन ६ , आइतवार

यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

 

शुक्रबार बसेको सभाको बैठकले स्वीकृत यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभा नियमावली बमोजिम कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ ।

राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी शाह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भइ दर्ता गराइएको थियो । राष्ट्रिय सभाको अर्को बैठक जेठ २४ गते दिउँसो १ बजे बस्ने छ ।