२०८१ पुष ८ , सोमवार

पोखरामा ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय क्रिकेट शुरु

सुनाखरी न्युज/ पोखरा । पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो ।

 

पोखराको अम्मरसिंह खेल मैदानमा शुरु भएको प्रतियोगिताको शनिबार एक समारोहका विच किडासाका नेपालका लागि डेपुटी देशिय प्रतिनिधी हितमान गुरुङ्गले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यालय खेलकुद प्रारम्भको जग भएको बताउँदै घर बलियो बनाउन जग बलियो हुनुपर्नेमा जोड दिनुभयो । सन्दिप लामिछानेले क्रिकेट खेलबाटै नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाएको प्रसंग जोड्दै यस्तै प्रतियोगिताहरुलाई निरन्तर दिन सकिए नेपालबाट अन्य सन्दिप उत्पादन हुने गुरुङ्गले बताउनुभयो ।

 

उद्घाटन समारोहमा बोल्दै आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले क्रिकेट विकासका लागि हातेमालो गर्ने संस्थाहरुप्रति कृतज्ञता जाहेर गर्नुभयो । पोखरामा युवा खेलाडी उत्पादनका लागि विद्यालय स्तरिय क्रिकेटका प्रतियोगिताहरु सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा प्रतियोगितामा सहभागि खेलाडीहरुलाई खेल जुत्ता तथा जर्सी पनि निःशुल्क रुपमा वितरण गरियो ।

 

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा अम्मरसिंह माविले गगन सेकेण्डरी स्कुललाई पराजित गरेको छ । सो खेलमा ३८ बलमा १ सय २० रन बनाएका अम्मरसिंहका सुदिप भट्टराई म्यान अफ द म्याच भए । अर्को खेलमा त्रिभुवन माविले जनप्रकास माविलाई पराजित गर्दा ३ ओभरमा ३ विकेट लिएका त्रिभुवन माविका आशिष नेपाली म्यान अफ द म्याच भए । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ १४÷१४ टिमको सहभागिता रहेको छ ।