२०८१ पुष २७ , शनिवार

नयाँ बजेटले राष्ट्रिय अर्थतन्त्रमापार्ने प्रभावबारे वृहत समिक्षा कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यान ले आर्थिक बर्ष २०७९/८० को बजेट समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

 

बजेटको समिक्षातथा राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभावु विषयक छलफल मार्फत आइक्यानले नयाँ बजेटका अवसर, चुनौती, सम्भावना र यसको कार्यान्वयनका जटिलताबारे समीक्षात्मककार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा बरिष्ठ अर्थशास्ती डा। रघुबीर बिष्टले अहिलेको बजेटले सार्वजनिक गरेकाविभिन्ननीति, र यसले नेपालको अर्थतन्त्रमापारेको प्रभावबारे आफ्नो समिक्षात्मक प्रस्तुती राखेकाथिएभने सो समिक्षामाअन्य विज्ञहरुलेसमेत छलफल गरेकाथिए ।

 

कार्यक्रममा आइक्यानका अध्यक्ष सिए युद्ध राज ओली सहित अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधि, लगायतले बजेटबारे सुक्ष्म समिक्षा गरेका थिए । झन्डै १२० चार्टड एकाउन्टेन्टहरु सहभागी सो कार्यक्रममा बजेटले करकानीतिहरुमा गरेको परिवर्तन र यसले पार्ने प्रभावबारे सिए अरुण राउतले आफ्नो प्रस्तुती दिएका थिए । उनले अहिलेको बजेटले करको दायरा कहाँकहाँ बढाएको छ, कहाँकहाँ करदाताले छुट पाएका छन् लगायतका विषयमा तिप्पणी समेत गरेकाथिए । कार्यक्रमका सहभागीहरु मध्ये अधिकांसले बजेटको कार्यान्वयन पक्षमा सरकारले जोड दिनुपर्ने धारणा राखेका थिए । बजेटले ल्याएका कतिपय व्यवस्थाहरुको कार्यान्वयनमा चुनौती रहेको विश्लेषण गर्दै विज्ञहरुले बजेटमा आएकानीतिहरु अक्षरस पालना भए त्यसले नेपाली अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने भएपनि बजेटले गरेका कतिपय व्यवस्थाको कार्यान्वयनपक्ष जटिल भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराएकाथिए ।

 

कार्यक्रममा उपस्थित लेखा व्यवसायीहरुले बजेटबारे विज्ञहरुले गरेको समिक्षाबारे थप छलफलसमेत गरेकाथिए । आइक्यानले यसरी भौतिक रुपमै पहिलोपटक बजेट समिक्षाकार्यक्रमको आयोजना गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐनद्वारा स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले नेपाली लेखाव्यवसायीहरुलाई नियमनगर्ने काम गर्छ भने नेपालमा नेपाल चार्टर्ड एकाउन्टेन्सी शिक्षाका लागि विद्यार्थी भर्ना गर्ने, परिक्षालिने तथा लेखा व्यवसायीहरुलाई सर्टिफिकेट अफ प्राक्टिस अर्थात लेखाव्यवसायगर्ने लाइसेन्स प्रदानगर्दछ । नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदानदिने लेखा व्यवसायीहरुलाई नियमनगर्ने निकायले गर्ने बजेट समिक्षालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।