२०८१ आश्विन १३ , आइतवार

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

सुनाखरी न्युज/ काठमाडौं । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैदेखि वर्ष भइरहेको छ।

 

जल तथा मौसम विज्ञान विभागका विभागका अनुसार आज प्रदेश–१, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णबदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वीबंगलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। सोही वायु प्रणालीको असरले सोमबार पनि प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।