२०८१ आश्विन ६ , आइतवार

मलाई प्यारको नसा

गोबिन्द राज ओझा (साजन) –

मलाई प्यारको नसा लागिसकेको छ  ।

तिम्रो नामले मेरो दिलमा बास गरेको छ ।

 

तिमि नै हौ मेरो सुख,दु:ख तिमि नै हौ खुसि मेरो।

सुनौलो सपना देखेको छु मैले हाम्रो यो जिन्दगिको।

एक चोटि त हेर्ने गर मलाई दिलमा तिम्रै बास छ।

तिम्रो नामले मेरो दिलमा बास गरेको छ।

 

मलाई प्यारको नसा लागिसकेको छ।

प्यारले आज मलाई तिम्रो अगालोमा बाधेको छ।

तिमि बाट एक पल टाढा हुन दिलले मान्दैन।

तिमि बाट बिछोडिएर बाच्न मैले सक्दिन।

 

लाग्छ मलाई बस्ने सानो झुपडी बनाउन सकु।

प्यारले भरिका मेरा नयनले तिमिलाई हेरिरहु।

सधै भरि मन मुटुबाट तिमिलाई प्यार गरिरहु।

तिम्रो खुसिमा सधै मैले रमाउन सिकु।

 

नाम :- गोबिन्द राज ओझा (साजन)

ठेगाना :- दिपायल सिलगढि न.पा. २ दिपायल डोटी