२०८१ कार्तिक २३ , शुक्रवार

एकीकृत समाजवादीको सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय

सुनाखरी न्युज/ काठमाडौं –

नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

 

आइतबार बसेको सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारमा नयाँ पठाउने निर्णय गरेको हो।
हाल एसबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका छन् । भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

 

पार्टीका तर्फबाट ६ महिनाका लागि  उनीहरुलाई मन्त्री बनाएको थियो । उक्त तोकिएको समयावधि सकिएसँगै एकीकृत समाजवादीले उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको छ ।