सुनाखरी न्युज/ काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैठौं राष्ट्रिय महाधिवेशन काठमाण्डौको एभरेष्ट हाटेलमा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” द्वारा उद्घाटन गर्नु भयो ।
सम्बोधनको क्रममा महामहिम उपराष्ट्रपतिले मुलुकको विकास र सम्वृद्धिका लागि सबै निकायमा भ्रष्टाचार न्युनीकरण, आर्थिक पारदर्शिता, सुशासन र जवाफदेहिता अनिवार्य भएको र यस कार्यमा लेखा व्यवसायीहरुको महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भयो । लेखाव्यवसायीहरु प्रति समाज, राष्ट्र, स्वदेशी तथा विदेशी लगानीकर्ता, उद्योग व्यवसायी, सामजिक संघ संस्थाहरुको ठूलो अपेक्षा र विश्वास रहेकोले जनताको अपेक्षालाई सर्वोपरीमा राखेर काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसन(अडान) ले वित्तीय अनुशासनमा लेखापरीक्षकको जिम्मेवारी र पूरा गर्नुपर्ने दायित्वको सन्दर्भमा प्रशंसनीय रहदै आएको पनि बताउनुभयो । त्यस्तै माननीय महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपाल अडिटर्स एशोसिएसनको भुमिका सकरात्मक रहेको र मैले धेरै अघिदेखि नजिकबाट हेरिरहेको बताउदै आर्थिक क्षेत्रलाई शुसासन र सम्बृद्घ बनाउन लेखापरीक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले देशको आर्थिक अबस्था र लेखाव्यवसायका सबालमा आईक्यान सधै अडान र लेखापरीक्षकहरुसंग हातेमालो गर्दै अघि बढीरहेको बताउनु भयो । अडानका संस्थापक अध्यक्ष कमल खरेल र अध्यक्ष मोहन राज रेग्मीले अडानको विगत र लेखापरीक्षकहरुका सबालमा अडानले २०६३ साल देखि निरन्तर खेलेको भूमिकाका सन्दर्भमा बोल्नु भएको थियो ।
२०७९ जेष्ठ २० र २१ गते आयोजित राष्ट्रिय महाधिवेशनमा अडानका देशभरका ५०० प्रतिनीधि र २०० पर्यवेक्षकहरुको सहभागीता रहेको थियो । अडानको बन्दसत्रले संस्थाको सांगठनिक प्रतिबेदन, आर्थिक प्रतिबेदन र अगामी कार्ययोजना पनि पारीत गरेको छ । साथै यस छैठौ महाधिबेशनले १९ बुदे घोषणापत्र जारी गर्दै अगामी ३ बर्षका लागि केदार नाथ पौडेलको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्बाचीत गरेको छ । जो निम्नानुसार छ ।