२०८१ मंसिर ८ , शनिवार

पुँजी बजारमा देखिएका समस्या तत्काल हल गर्न गभर्नरलाई प्रधानमन्त्री देउवाको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएका छन् ।

 

आइतबार बालुवाटारमा भएको नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलपछि उनले गभर्नर अधिकारीलाई पुँजी बजारमा देखिएका समस्या हल गर्न निर्देशन दिएको संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । ‘प्रधानमन्त्री देउवाले हामी लगानीकर्ताको अगाडि नै गभर्नर अधिकारीलाई फोन गरेर लगानीकर्ताको अवस्था गम्भीर भइसकेको रहेछ । तुरुन्त सम्बोधन गरिदिनु भन्नु भयो ।’ उक्त छलफलमा विद्यमान सेयर बजारको पछिल्लो अवस्था, सेयर बजारमा परेको दबाब, ४ करोड र १२ करोडको क्याप, सीडी र सीसीडी रेसियो लगायतको बारेमा संघले प्रधानमन्त्रीलाई अवगत गराएको अध्यक्ष पोखरेलले जानकारी दिइन् ।

 

साथै, उनले पुँजी बजारको समस्या समाधान गर्ने विषयमा छलफल गर्न नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरु भोली सोमबार नेपाल राष्ट्र बैंक जाने तयारीमा रहेको बताइन् ।