२०८१ पुष ७ , आइतवार

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । सन नेपाललाइफ इन्स्योरेन्सले गत हप्ता अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

 

मूख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, साखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरु लाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लम्जुङ साखा कार्यलयमा पनि उक्त खाले कार्यक्रम आयोजना गरिएको थियो जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरु लाई सम्मान समेत गरिएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जाल बाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारण लाई साधारण शेयर निष्काशन गर्नगइरहेको छ ।