२०८१ आश्विन १२ , शनिवार

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्य, १ जना घाईते

सुनाखरी न्युज/ मोरङ । मोरङको रतुवामाई नगरपालिका १ हटियाडाँडा स्थित आमबारी कुटुमगञ्ज सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सुनवर्सी नगरपालिका ९ का २४ बर्षीय राज कुमार शर्माको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार भारत अररिया जिल्ला कुसाकट्टा का २० बर्षीय किसन कुमार कामत सामान्य घाईते भएका छन् ।

हिजो बेलुका साढे ५ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे.४ प. ४५५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा गम्भिर घाईते भएका शर्माको रंगेली अस्पताल रंगेलीमा हिजै बेलुका सँवा ६ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।